२०८३ असार १४ , आइतबार

नेपाली कांग्रेसको सुर्खेतमा प्रदर्शन




सुर्खेत २९ मंसिर
नेपाली कांग्रेसले सरकार विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने क्रममा सुर्खेतमा समेत प्रदर्शन गरेको छ ।
सरकार नालायक भएको, सत्ताको खेलमा देशलाई वन्धक वनाएको, जनपक्षिय कामहरु गर्न नसकेको भन्दै कांग्रेसले सरकारको विरोधमा प्रदर्शन गरेको हो ।
सोमबार बिहान ११ बजे मंगलढीचौकबाट प्लेकार्ड र व्यानर वोकेका प्रदर्शनकारीहरुको र्यालीले वीरेन्द्रनगर बजार परिक्रमा गरेको थियो । ¥र्याली स्थानीय पीपलचौतरामा पुगेर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शिवराज जोशीले कम्युनिस्ट सरकारले सर्वसत्तावाद लाद्न खोजेको भन्दै कांग्रेसले खवर्दारी गरिरहेको वताए । उनले कांग्रेस अझै कमजोर नभएको चेतावनी समेत दिएका थिए ।
सभालाई नेपाली कांग्रेसका नेता तप्तवहादुर विष्ट, जानकी शिंह लगायतले संवोधन गरेका थिए । नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका सचिव भूपेन्द्र खत्रीले स्वागत भाषण गरेका थिए । विरोध प्रदर्शनमा कांग्रेसका हजारौ संख्याका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ मंसिर २९ गते सोमबार