२०८३ वैशाख ७ , सोमबार

बालेनले भने- ‘कि काठमाडौंको हितमा काम गर्नुस्, नभए सिंहदरबार अर्को पालिकामा सार्नुस्’



बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्न चुनौती दिएका छन् । बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेनले संघीय सरकारलाई यस्तो चुनौती दिएका हुन् । उनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सारे पनि राजधानी नै सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नहुने उल्लेख गरेका छन् ।

 

उनले भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्  । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’

प्रकाशित मिति : २०७९ चैत ३० गते बिहीबार