दाङ । दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार दिउँसो पौने १ बजे घोराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस मसोटको तेस्रो घुम्तीमा ब्रेकफेल भई पल्टिन लागेको बसबाट हाम फाल्न खोज्दा दाङको बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीया यमी घर्ती मगरको मृत्यु भएको हो ।उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा मुत्यु भएकी घर्तीकी ५ वर्षीया छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८० वैशाख २ गते शनिबार