२०८३ वैशाख ७ , सोमबार

रविले जिते फेरि उपनिर्वाचन हुन्छ : एमाले सचिव भट्टराई



काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा गत मंसिर ४ को चुनावमा जस्तै परिणाम आए पुनः उपनिर्वाचन हुनसक्ने बताएका छन् ।

 

प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै फेरि पनि उनले जिते चितवन–२ मा पुनः चुनाव गराउनुपर्ने अवस्था आउने बताएका हुन् ।

 

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा विजयी भई गृहमन्त्रीसमेत बनेका लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि दुवै पदबाट बर्खास्त भएका थिए । सोही कारण चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

 

उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।नेता भट्टराईले रास्वपाका सभापति रवि लामिछानेले कानून उल्लंघन गरेका कारण चितवन २ मा उपचुनाव गर्नुपरेको बताए ।

 

नेता भट्टराईले मंसिर ४ मा भएको गल्तीलाई वैशाख १० मा सच्चाउनुपर्ने बताए । चितवन २ मा एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न उनले आह्वान गरे ।

प्रकाशित मिति : २०८० वैशाख ३ गते आइतबार