काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा आज दिउँसो आयोजित समारोहमा राष्ट्रपतिसमक्ष नवनियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गराएका हुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका थिए ।
त्यसैगरी, राष्ट्रपति पौडेलको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य नन्दा चापाईले पद तथा गोपिनीयताको सपथ लिएकी छन् । प्रधानमन्त्री दाहालले उनले पद तथा गोपिनीयताको सपथ गराएका हुन् ।
प्रकाशित मिति : २०८० वैशाख ३ गते आइतबार