२०८३ वैशाख ७ , सोमबार

रवि लामिछानेका ड्राइभर छतबाट खसे,अवस्था गम्भीर



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाका सभापति रवि लामिछानेका सवारी चालक गम्भीर अवस्थामा भेटिएका छन् ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने चालक दिलबहादुर थापा आज बिहान ४ बजे घरको छतबाट खसेर गम्भीर अवस्थामा फेला परेका हुन् ।

 

उनी करिब ३ तला माथिको घरको छतबाट खसेको अवस्थामा फेला परेका हुन् । थापा चितवनको भरतपुरमा भाडामा लिएको घरमा राति सुतेका थिए । तर बिहान उनी सो अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार थापाको अवस्था गम्भीर छ ।

 

उनको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई बिहानै उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस लगिएको छ । थापा आइतबार रविलाई लिएर तनहुँको दमौली पुगेका आएका थिए ।

 

त्यस्तै आज बारा जाने कार्यक्रम तय भएको थियो । त्यसअघि चितवनमै विभिन्न कार्यक्रममा सामेल हुने तयारी थियो ।

प्रकाशित मिति : २०८० वैशाख ४ गते सोमबार