२०८३ असार १४ , आइतबार

अध्यादेशले संविधानको मर्म मै प्रहार : कांग्रेस नेता योगी




सुर्खेत १ पौष

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. टिएन योगीले सरकारले गठन सरकारले जारी गरेको अध्यादेशले नेपालको संविधानको धारा २८४ को भावना विपरीत संविधानको मर्म मै प्रहार गरेको वताएका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै डा. योगीले संवैधानिक परिषद् सम्वन्धी अध्यादेश जारी गर्ने कार्य अत्यन्तै आपत्तिजनक र अवैधानिक भएको उल्लेख गरेका छन् ।
प्रतिनिधि सभाको उपसभामुख पदपूर्ति नगरी, संवैधानिक परिषद नै पूर्ण रुपमा गठन नहुदै वहालवाला सभामुखलाई छलेर अध्यादेश जारी हुनु खेदजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा साठी दिनभित्र संघीय संसदको दुवै सदनवाट अध्यादेश पारित नभएको अवस्थामा संविधानको धारा ११४ वमोजिम अध्यादेश स्वत ः निष्कृय भएपनि कानुनत संविधानिक परिषदको सिफारिसमा गरिएका नियुक्तिहरु वदर हुदैनन् र यसले दिर्घकालीन रुपमा ठूलो असर गर्ने उल्लेख गरिएको छ ।
तटस्थ हुनुपर्ने राष्ट्रपति समेत विवादमा तानिनु वेठिक भएको भन्दै राष्ट्रपतिको भूमिका माथि प्रश्न चिन्ह खडा भएको डा. योगीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७ पुस १ गते बुधबार