२०८३ वैशाख ७ , सोमबार

चालक दुर्घटनाबारे बोले रवि, भने–घटनालाई राजनीतिकरण नगरिदिनुहोला



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन- २ का उम्मेदवार रवि लामिछानेले आफ्नो सवारी चालक शम्भु थापा छतबाट खसेर घाइते भएको घटनामा राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।लामिछानेले सामाजिक सञ्जालमार्फत त्यस घटना प्रहरी अनुसन्धानमै रहेकाले संवेदनशील घडीमा मौका छोपेर राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।

 

आफू नेताभन्दा पहिले मानिस रहेको बताउँदै उनले सहानुभूति आवश्यक रहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक)  छतबाट खसेर दुर्घटनामा पर्नुभयो । सीएमएस (पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । प्रहरी पनि अनुसन्धानमा छ ।

 

यस्तो बेला योभन्दा धेरै मसँग तपाईंलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नुहुन्छ भने मलाई सहने शक्तिमात्रै दिनुहोला ।

 

मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा सङ्घर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।’ https://www.facebook.com/rabi.nikitalamichhane?fref=nf

प्रकाशित मिति : २०८० वैशाख ४ गते सोमबार