२०८३ वैशाख ७ , सोमबार

कानून मन्त्रालयको जिम्मेवारी पुर्णबहादुर खड्कालाई



काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले थप जिम्मेवारी पाएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले रक्षामन्त्री खड्कालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको पनि जिम्मेवारी तोकेका हुन् ।

 

यसअघि खाली रहेको उक्त मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंमले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । तर, प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी तोकेको हो ।

प्रकाशित मिति : २०८० वैशाख ५ गते मंगलबार