२०८३ वैशाख ७ , सोमबार

बाँकेका छुट्टाछुट्टै २ स्थानमा आगलागी हुँदा १० घर जले



बाँके । बाँकेको राप्तीपारी क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकाको छुट्टाछुट्टै २ स्थानमा भएको आगलागीमा १० वटा घर जलेका छन् । आगलागीबाट २५ लाख रुपैयाँको क्षति भएको प्रहरीले अनुमान गरेको छ । बुधवार साँझ नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा आगलागी हुँदा ५ वटा घर पूर्णरूपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

 

उनका अनुसार २ वटा घरमा आंशिक क्षति पुगेको छ । नरैनापुर गाउँपालिका–३ को जनतापुरमा आगलागी हुँदा ३ घर र १ गोठमा क्षति पुगेको छ । त्यहाँ करीब १५ लाखको क्षति भएको छ । करीब डेढ २ घण्टाको फरकमा २ वटा स्थानमा भएको आगलागी स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

प्रकाशित मिति : २०८० वैशाख ७ गते बिहीबार