सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा पेशीमा चढ्यो

व्यक्ति हत्या ठहर भए जेल जाने

खबर दृष्टि ३ पुष २०७७, शुक्रबार १५:५५

सुर्खेत ३ पौष

संवैधानिक परिषद्को विवाद चलिरहेको वेला सभामुख अग्नीप्रसाद सापकोटाको मुद्दा सर्वोच्च अदालतको आजको पेशीमा चढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा गतिविधि गर्दै विरोधी खेमामा सकृय वनेका सापकोटालाई तोकिएको पेशीलाइ सर्वत्र चासोको रुपमा हेरिएको छ।
नेकपामा विवाद वढ्दै गएपछि संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटाले प्रधानमन्त्रीले आफूलाई समयमै खबर नगरेको र एजेण्डाहरुको बारेमा जानकारी नदिएको भन्दै संवैधानिक परिषद्को बैठकमा जान अस्वीकार गरेका थिए।

मंगलबार बोलाएको संवैधानिक परिषद् बैठक सभामुख सापकोटाले बहिस्कार गरेका थिए। नेकपाभित्रको विवाद चलिरहेको समयमा उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्ष लिएर सभामुख संवैधानिक परिषद्‌मा नगएको भन्दै आलोचना भएको थियो। सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाई सरेको थियो।
सापकोटाविरुद्ध काभ्रेकी पुर्णिमाया लामा, शुसिल प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाईको पेशीमा चढेको हो। हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाईको पेशी तोकिएको छ ।
२०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन्।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ।
तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा ’हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए। यो सापकोटाविरुद्धको पहिलो अवहेलना मुद्दा थियो। लगत्तै पुर्णिमायाले रिट निवेदन दायर गरेकी थिइन्।
२०६९ मंसिर ११ गते न्यायाधीश वैधनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन। यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५र१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो।
सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ। सर्वोच्चले काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न भएरनभएको अनुसन्धान गर्न र संलग्न भएको भए पक्राउ गर्न २०६८ असार ६ गते आदेश दिएको थियो।
न्यायाधीशद्वय रामकुमारप्रसाद साह र प्रकाश बस्तीको संयुक्त इजलासले प्रत्येक १५र१५ दिनमा अनुसन्धानको प्रगति विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनेको थियो। तर, जिल्ला प्रहरी कार्यालयले सर्वोच्चको आदेशका उल्लघंन गर्दै एकरएक महिनामा प्रगति विवरण बुझाउँदै आएको छ।
हालसम्म प्रहरीले गरेको काम अनुसन्धान अधिकृत तोक्ने, कृष्ण माविका शिक्षकहरु शिवनारायण यादव, भीमबहादुर तामाङ, मुकुन्दप्रसाद अधिकारी र राधेश्याम श्रेष्ठसँग बकपत्र गर्ने कार्य भएको विवरण सर्वोच्चलाई प्रहरीले उपलब्ध गराएको छ। प्रहरीले सर्वोच्चलाई हालसम्म पहिलो एक वर्षभित्र गरेको अनुसन्धानमा चार पटकमात्र अनुसन्धान विवरण पेस गरेको छ। काभ्रेपलाञ्चोक प्रहरीले २०६८ फागुन २९ गते पहिलो पटक विवरण पठाएको थियो। दोस्रो अनुसन्धान विवरण करिब एक महिनापछि २०६८ चैत १३ गते पठाएको थियो।

त्यसपछि क्रमशः २०६९ वैसाख २२ गते र जेठ २३ गते विवरण सर्वोच्चमा पठाएको थियो। यसबीच प्रहरीले सर्वोच्चलाई अनुसन्धानको प्रगति विवरण बुझाएन। करिब एक वर्षसम्म विवरण प्राप्त नभएपछि सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजालासले २०७० असार १९ गते जेठ २३ पछिको अनुसन्धान कार्यमा भएको विवरण प्राप्त भएको नदेखिए अनुसन्धान कार्य के कस्तो अवस्थामा रहेको छ भनी पूर्वआदेश बमोजिम विपक्षीलाई पत्र लेख्ने आदेश गर्‍यो। सो आदेशपछि काभ्रे प्रहरीले भदौ १० गते हत्या भएको स्थानका ७ जना स्थानीयवासीलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउन पत्र लेखेको विवरण उपलब्ध गराएको थियो। सर्वोच्चको सो आदेशपछि प्रत्येक महिना विवरण पठाउने गरेको थियो।

यसरी भएको थियो अर्जुन लामाको हत्या
२०६२ वैसाख १६ गते काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामालाई माओवादी सेनाले अपरहण गर्‍यो। व्यक्तिगत काम भएको भन्दै अपहरण परेका लामा बेपत्ता भए। तत्कालीन समयमा उक्त क्षेत्रको नेतृत्व अग्नि सापकोटा, कृष्णप्रसाद सापकोटा र सूर्यमान दोङले गरेकाले उनीहरुबाटै अपहरण भएको श्रीमती पुर्णिमाले सर्वोच्चमा पेस गरेको रिटमा जिकीर गरिएको छ।
अपहरणमा परेको एक महिनापछि असार दोस्रो साता बुढाखानी गाविसस्थित चारकिल्लामा गाडेको अवस्थामा लामाको शव फेला पर्‍यो। लामाकी श्रीमती पुर्णिमायाले सापकोटा र दोङसहित माओवादी कार्यकर्ताहरु यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानले हत्या गरेको किटानी जाहेरी दिइन्।
तर उक्त जाहेर दर्ता नहुने भन्दै फर्काइयो। जिल्ला प्रशासन कार्यालयले २०६४ असार २४ गते जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखी द्वन्द्वको घटनालाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने संवैधानिक व्यवस्था भएको हुदाँ सो जाहेरी दरपीठ गर्न निर्देशन दिएको थियो। सोही निर्देशनपछि प्रहरीले असार २६ गते किटानी जाहेरी लिन अस्वीकार गर्‍यो।
प्रहरीको सो निर्णयविरुद्ध पुर्णिमायाले सर्वोच्च अदालतमा रिट दायर गरिन्। सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २०६४ फागुन २७ गते जाहेरी दर्ता गर्न आदेश दियो।

अदालतको उक्त आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लयायत अन्य ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यानमुद्दाको उजुरी दर्ता गर्‍यो।

Next Post

वामदेवले प्रचण्ड/ माधव नेपाल क्याम्प छोडे

३ पुष २०७७, शुक्रबार १५:५५
सुर्खेत ३ पौष नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको फेरि प्रधानमन्त्री केपी शर्मा ओलीको नजिक पुगेको आँकलन गर्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता संकटबाट वारवार वचाउदै आएका वामदेवको शुक्रबार जारी भएको स्टाटसले पुनः हल्लीखल्ली मच्चिएको छ । दुई तिहाई मतको सरकार भएपनि कमजोर धरातलमा टेकेको सरकारको पहिलोपटकको […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728