काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपाने नेकपा (एमाले) फर्किँदैछन् । उनी आफ्नो टिमसहित एमालेमा फर्किन लागेको एमालेले जनाएको छ । न्यौपानेसहित नेताहरू केदार न्यौपाने, चुडामणि जंगलीलगायतका नेताहरू एमाले प्रवेश गर्दैछन् । उनीहरूलाई एकीकृत समाजवादीले कारबाही गरेकाे थियो ।
यसपछि उनीहरू एमालेमै फर्किन लागेका हुन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमालेले पार्टी मुख्यालय च्यासलमा कार्यक्रम राखेको छ । उक्त कार्यक्रमामा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेसहितका नेताहरूलाई पार्टीमा स्वागत गर्ने बताइएको छ ।
प्रकाशित मिति : २०८० वैशाख ९ गते शनिबार