२०८३ वैशाख ७ , सोमबार

मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत, टुंगियो सत्ता यात्रा



काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत पाउन असफल भएसँगै उनी पदमुक्त भएका हुन् । यससँगै प्रदेश सरकार पनि गिरेको छ ।

 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत लिनु परेको हो । उनलाई विश्वासको मत दिने पक्षमा ४ मत र विपक्षमा ३५ मत परेको थियो ।

प्रकाशित मिति : २०८० वैशाख ९ गते शनिबार