२०८३ वैशाख ७ , सोमबार

रास्वपाको भविष्य छैन : रामबहादुर थापा ‘बादल’



चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको भविष्य नरहेको बताएका छन् । मतदानको लागि चितवन आएका उनले पत्रकारसँग कुराकानी गर्दै जनताको परीक्षणमा रहेको रास्वपाको भविष्य नरहेको बताएका हुन् ।

 

जनताहरु रास्वपाप्रति आकर्षण भएपनि रास्वपाले जनताको आकांक्षा अनुसार काम गर्न नसकेको उनको आरोप छ । ६ महिनाको तयारी गरेर २० सिट ल्याएको रास्वपाले जनताको आकांक्षा अनुसार काम गर्नेमा विश्वास नरहेको टिप्पणी गरे ।

 

रास्वपाले पफमेन्स देखाउन बाँकी रहेकोले आम जनताहरुले उनिहरु प्रति बिश्वास गर्ने अवस्था नरहेको उल्लेख गरे । बादलले अहिलेको निर्वाचन राजनिती स्थायित्वका लागि उपनिर्वाचन महत्वपूर्ण रहेको बताए ।

 

‘बादल’ले नयाँ पार्टी प्रति बिश्वास बढ्दै जानुमा ठूला र पुराना पार्टीले जनभावना अनुसार काम गर्न नसकेको पनि तर्क गर्दै पुराना पार्टीले कम्जोरी सच्याउनु पर्ने पनि बताए ।

प्रकाशित मिति : २०८० वैशाख १० गते आइतबार