बारा । बाराको देवताल गाउँपालिका मतदान केन्द्र खबाट दुईवटा मत्रपत्र खसाल्ने एक मतदाता पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिपरपातका रामसागर यादव रहेका छन् ।
मतदान केन्द्रको सुरक्षामा खटेका प्रहरी नायब निरीक्षक जयगोविन्द राउतका अनुसार यादवले एउटा आफ्नो र अर्को नक्कली मत खसाउन खोजेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादव जसपाको कार्यकर्ता रहेको बताइएको छ ।
प्रकाशित मिति : २०८० वैशाख १० गते आइतबार