काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आज (आइतबार) भइरहेको मतदान अन्तर्गत चितवन(२ का दुई ठाउँमा मतदान रोकिएको छ। मतगणनास्थलमा विवाद श्रृजना भएपछि चितवन-२का दुई ठाउँमा मतदान केही समयका लागि स्थगित् भएको हो।
भरतपुर महानगरपालिका – ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान केही समयका लागि स्थगित् भएको हो। भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिदा कृष्णपुरमा आधा घण्टादेखि मतदान रोकिएको छ।
प्रकाशित मिति : २०८० वैशाख १० गते आइतबार