काठमाडौं । देशका विभिन्न तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न छ । चितवनको क्षेत्र नम्बर २, बाराको क्षेत्र नम्बर २ र तनँहुको क्षेत्र नम्बरमा भएको उपनिर्वाचनमा विहान ७ बजेदेखि भएको निर्वाचन साँझ पाँच बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
निर्वाचको क्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।
उनका अनुसार यकिन तथ्यांक प्राप्त भैनसकेपछि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।‘पौने पाँच बजेको स्थिति हेर्दा तीनवटै स्थानको ५५ र ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको छ’, प्रमुख थपलियाको भनाइ छ ।
गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता विवादका क्रममा रिक्त भएको थियो । त्यस्तै तनहुँ र बाराबाट निर्वाचित सांसदहरु क्रमश राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा उपनिर्वाचन भएको हो ।