
तनहुँ । तनहुँ-१ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ।१३ हजार ६५ मत गन्दा वाग्लेले ७ हजार २९३ मत ल्याएका हुन्।
यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मत पाएका छन्। मतगणना जारी नै छ।
प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार