२०८३ वैशाख ७ , सोमबार

इन्जिनमा समस्या देखिएको फ्लाइ दुबई सुरक्षितरुपमा गन्तव्यतर्फ’



काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ।

 

त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो ।

 

पाइलटले जहाजलाई केहीबेर अघि उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टासरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ । यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

 

उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका थिए । जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार