२०८३ वैशाख ७ , सोमबार

रवि लामिछाने भारी मतान्तरले विजयी



रास्वपाका सभापति रवि लामिछाने

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट दोस्रो पटक विजयी भएका छन् । गत मंसिर ४ गते चितवन–२ बाट विजयी भएका उनी पुनः दोस्रो पटक विजयी भएका हुन् । लामिछाने ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन् ।

 

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत ल्याएर दोस्रो भए । एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३६ मतसहित तेस्रो बने । लामिछाने ४२ हजार ९ सय ६२ मतान्तरसहित विजयी भए ।

 

यो मतान्तर मत मंसिर ४ को निर्वाचनभन्दा धेरै हो । नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : २०८० वैशाख १२ गते मंगलबार