२०८३ वैशाख ७ , सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत



काठमाडौं । बारा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले जमानत जोगाउन सकेनन् । बुधबार बिहान सकिएको अन्तिम मतगणना सार्वजनिक हुँदा खरेलले जम्मा २ हजार ८२९ मत ल्याइ चौंथो स्थानमा रहेका थिए ।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाले खरेललको जमानत जफत भएको हो । यहाँ उनीसहित ३१ जनाको जमानत सफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको थियो ।बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्।

प्रकाशित मिति : २०८० वैशाख १३ गते बुधबार