काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताएका हुन्।
त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको मन्त्री किरातीले बताए। मन्त्री किरातीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नपरेको पनि बताए। एउटा सामान्य व्यवसाय दर्ता गर्न दर्जनौं मन्त्रालय र विभागका सैयौं टेबलमा पुग्नुपर्ने अवस्था रहेको बताउँदै त्यसलाई अन्त्य गरिनुपर्ने बताए।
प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार