
काठमाडौं । दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा ८ हजार ३८० जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२३ मा कृषि तथा पशुुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुुन २३ देखि २०८० वैशाख १३ सम्म भाषा परीक्षा सञ्चालन भएको थियो ।
रोजगार अनुुमति प्रणाली (ईपीएस) शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइएको परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २४ हजार ३२६ जना सहभागी थिए ।
कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो । गोरखापत्र दैनिकका अनुसार ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूको वैशाख २५ देखि जेठ ४ सम्म सीप परीक्षा हुने छ ।
प्रकाशित मिति : २०८० वैशाख १७ गते आइतबार