२०८३ वैशाख ७ , सोमबार

मेयर बालेन शाहको स्टाटस – नयाँ पुराना सबै नेताहरू चोर हुन् ।



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ पुरानो सबै नेताहरुलाई चोर भएको अभिव्यक्ति दिएका छन् । मंगलवार उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सो कुरा उल्लेख गरेका हुन । उनले सबै नेताहरु चोर भएको हुँदा कुनै पनि नेताहरूलाई देशको माया नभएको बताएका छन्।

उनले लेखेका छन्ः

नयाँ, पुरानो सबै नेताहरू चोर हुन्,

कसैलाई देशको माया छैन।

पछिल्लो समय मेयर बालेनले सामाजिक सञ्जालमा विवादास्पद स्टाटस लेखिरहेका हुन्छन्। केही समयअघि मात्र उनले सिंहदरबारप्रति रोष प्रकट गरेका थिए। सिंहदरबारले सहयोग नगरेको भन्दै महानगरले त्यहाँको फोहोर उठाएको थिएन। यसबारे विरोध हुँदै गर्दा उनले लेखेका थिए,’ कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्।

हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुहोस् कि राजधानी सार्नुस्।’ फोहोर नउठाउने निर्णय गर्नुअघि उनले सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

 

फोहोर उठाउन बन्द गरेको सूचना दिँदै उनले लेखेका थिए,’ आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

प्रकाशित मिति : २०८० वैशाख १९ गते मंगलबार