२०८३ वैशाख ७ , सोमबार

पोल्ट्री व्यवसायी कँडेल आत्महत्या दुरुत्साहन आरोपमा रावल पक्राउ



काठमाडौँ । पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा प्रहरीले अनमोल फिडका चार्टड एकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ । कँडेलका परिवारका सदस्यले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनको उजुरी दिएपछि फरार रहेका रावल बिहीबार पक्राउ परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनले व्यवसायी प्रदीप रुंगाटा र रावलले आत्महत्या गर्न बाध्य पारेको व्यहोरा कँडेलको सुसाइड नोटमा लेखिएको पाएपछि जितपुरसिमरा उपमहानगरपालिका–२ बाट रावललाई नियन्त्रणमा लिइएको जनाएको छ ।

 

कँडेल मंगलबार आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । रुंगाटाले कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेपछि उनी पनि फरार छन् । उनको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०८० वैशाख २२ गते शुक्रबार