२०८३ वैशाख ७ , सोमबार

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना



संखुवासभा । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार भोटखोला गाउँपालिका–४ को सिप्रुङमा हेलिकोप्टर दुर्घटना भएको भएको हो ।

 

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको संखुवासभा प्रहरीले जनाएको छ । प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । हेलिकोप्टरमा चालकसहित चारजना रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २२ गते शुक्रबार