काठमाडौं । परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा पोखरास्थित वेगनास तालमा मृत अवस्थामा फेला परेका छन् । मन्त्रालय अन्तर्गतको त्रिपुरेश्वरस्थित राहदानी विभागमा कार्यरत उनी अनुप भण्डारी त्यहाँ मृत अवस्तामा फेला परेको जिल्ला प्रहरी कार्यालयका एक अधिकारले जानकारी दिए।
३१ वर्षिय भण्डारीको स्थायी ठेगाना विराटनगर भएको खुलेको छ । हाल उनलाई गण्डकी अस्पताल पुर्याइएको छ भने घटनामाथि थप अनुसन्धान जारी छ ।
प्रकाशित मिति : २०८० वैशाख २५ गते सोमबार