काठमाडौँ। नेकपा एमालेका नेता, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले रवि लामिछानले गृहमन्त्री भएको सात दिनमै एक अर्ब भन्दा बढीको चलखेल गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा भएको एक कार्यक्रममा नेता रावलले आम नागरिकका सम्पूर्ण व्यक्तिगत विवरण हेर्न निजी कम्पनीलाई अनुमति दिएर पूर्वगृहमन्त्री लामिछानेले एक अर्ब भन्दा बढीको कारोबार गरेको आरोप लगाएका हुन् ।
भुटानी शरणार्थीसम्बन्धि मुद्दा मानव वेचविखन जस्तो गम्भीर अपराध भएको नेता रावलको भनाइ छ । यस प्रकरणमा प्रहरीले आफ्नो भूमिका निर्वाह गरिरहेको भन्दै नेताहरुले अपराधी बचाउने षड्यन्त्र गर्नसक्ने पनि उनले आशंका गरे ।
प्रकाशित मिति : २०८० वैशाख २६ गते मंगलबार