काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन बैठक पुन सुरु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरुले संसद्मा विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका थिए।
बैठक सुरु हुनेबित्तिकै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्नका लागि समय माग गर्दा सभामुख घिमिरेले समय दिन नमिल्ने भन्दै बैठक अगाडि बढाएसँगै उक्त दलका सांसदहरुले रोस्टम घेराउ गरी विरोध गरेका थिए। उनीहरुले भ्रष्टाचारविरुद्ध संसद्मा बोल्न पाउनुपर्ने माग गरेका थिए।
दोस्रोपटक सुरु भएको बैठकमा सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई आकस्मिक समयमा बोल्न समय उपलब्ध गराएका थिए। हाल बैठकको नियमित काम कारबाही चलिरहेको छ।
प्रतिनिसिभा बैठकमा जारी प्रि–बजेट छलफलमा आज अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।