२०८३ वैशाख ७ , सोमबार

मोरङ्मा एक युवा ७ घण्टादेखि विद्युत हाइटेन्सन लाइनमा



काठमाडौं। सडकमा भएको भ्रष्टाचार रोक्न भन्दै मोरङ्मा एक युवा ५ घण्टादेखि विद्युत हाइटेन्सन लाइनमा चढेर बसेका छन्। मोरङको बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा चढेका हुन्।

 

सडकमा निर्माण भइरहेको रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका स्थानियले जनाएका छन्।उनी आज बिहान ६ बजे पोलमा चढेर गुणस्तरहीन काम रोक्न माग गरेका छन्।

 

उनले गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन्।

 

बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीका अनुसार उनि अहिले पनि करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन्। उनलाई पोलबाट उत्रिन आग्रह गरिरहे पनि उनले नमानेको चौधरीले बताए।

प्रकाशित मिति : २०८० वैशाख ३० गते शनिबार