२०८३ वैशाख ७ , सोमबार

एमालेको मिसन ग्रासरुट अभियानमा १३ हजार बढी गरे एमालेमा प्रवेश



काठमाडौं । नेकपा एमालेले चलाएको दुई महिने मिसन ग्रासरुट अभियानमा १३ हजार २३८ जना प्रवेश गरेको बताएको छ।

 

केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले १ लाख १९ हजार ९५ पार्टीको नयाँ सदस्यताका लागि आवेदन परेको बताए। यस्तै, उनले मिसन ग्रासरुट अभियान ८७५ बैठक पालिकामा र वडामा ५ हजार ५७४ बैठक बसेको बताए।

प्रकाशित मिति : २०८० वैशाख ३० गते शनिबार