२०८३ वैशाख ७ , सोमबार

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ



दाङ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीलाई प्रहरीले शनिवार दिउँसो पकाउ गरेको हो ।

 

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख ३१ गते आइतबार