काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्धको सडक आन्दोलन हेर्दा दिक्क लागेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद ज्ञानेन्द्र शाहीले अहिलेको भ्रष्टाचारविरुद्धको सडक आन्दोलनमा भ्रष्टाचारीनै संलग्न रहेको टिप्पणी गरेका छन् । यस्ता प्रकारका सडक आन्दोलनले भ्रष्टाचार न्युनीकरण नहुने बताए । उनले भ्रष्टाचारको न्युनीकरणका लागि सडक आन्दोलन छाडेर संसद् आन्दोलन सुरु गर्नु पर्ने उनको भनाई छ ।
अहिलेकोजस्तो भ्रष्टाचारविरुद्धको आन्दोलनको प्राक्टिस विगत ३४ वर्षअघि देखि भइराखेको भएपनि त्यसले कुनै उपलब्धी नदिएको उनको भनाई छ । भ्रष्टाचारलाई केवल पैसाको चलखेलका रुपमा नबुझ्न पनि उनले आग्रह गरे ।
प्रकाशित मिति : २०८० जेठ १ गते सोमबार