२०८३ वैशाख ७ , सोमबार

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर



काठमाडौँ। सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीले पाएको जन्मकैदको सजायलाई सदर गर्ने फैसला सुनाएको छ।

 

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले रेशमलाई सर्वस्वसहित जन्मकैद सजाय हुने कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको हो।

 

२०७२ सालमा भएको टीकापुर हत्याकाण्डमा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। सर्वोच्चले थुनामुक्तिका लागि रेशमले दायर गरेको रिटमाथि दाबी नपुग्ने ठहर गरेको हो।

प्रकाशित मिति : २०८० जेठ २ गते मंगलबार