काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आन्दोलन घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलन घोषणा गरेको हो । विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै पार्टीले कोणसभा र प्रदर्शनबाट माग पूरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरेका छन् । यी माग पूरा नभए जेठ ३, ४ र ५ गते देशव्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द गरिने पण्डितले बताए ।
उनले यो अदालती मुद्दा नभई राजनीतिक मुद्दा भएकाले सरकारले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष पण्डितले मधेश आन्दोलनसहितका क्रममा भएको घटनाको छानबिनका लागि बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने भए रेशमलाई फाँसीमा चढाइदिन पनि भनेका छन् ।
