काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार रामेछाप घर भएकी श्रेष्ठले शुक्रबार दिउँसो ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि छटपटाइरहेको बेला स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।
उद्धारपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको थियो । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० जेठ ६ गते शनिबार