
रेशम चौधरी
काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेलजीवन बिताइरहेका रेशम चौधरी रिहा भएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी भएपछि चौधरी सोमबार बिहान केन्द्रीय कारागार डिल्लीबजारबाट रिहा भएका हुन् ।
चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी, बुबाआमा, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमलगायतले फूलमालाले स्वागत गरेका छन् ।
आफूलाई स्वागत गर्न पुगेका सबैलाई चौधरीले हात हल्लाएर धन्यवाद दिएका छन् । चौधरीले कुनै प्रतिक्रिया भने दिएनन् । चौधरी जहाज चढेर गृह जिल्ला कैलाली जानको लागि कारागारबाट सीधै विमानस्थल गएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद मिनाहा गरेपछि उनि बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।
प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार