
काठमाडौं । सरकारले विभिन्नखाले प्रोत्साहन भत्ता तथा अतिरिक्त भत्ता खारेज गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै भत्ता खारेजी गरिएको जानकारी गराएका हुन् ।
त्यसैगरी आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन तथा फर्निचर, फर्निसिङ खरिद नगर्ने घोषणा पनि सरकारले गरेको छ । साथै नयाँ भवन समेत नबनाउने बजेटमार्फत घोषणा गरिएको छ ।
प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार