काठमाडौं । सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालनलाई निरन्तरता दिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालनमा रहेको र त्यसलाई निरन्तरता दिने घोषणा गरेका छन् ।
प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार