२०८३ वैशाख ८ , मंगलबार

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । सोहीअनुसार बुधबार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।

संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक २०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । भण्डारीले त्यसबेला विधेयक सुझावसहित फिर्ता पठाएकी थिइन् ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पुनः पठाएको थियो । दोस्रोपटक भने भण्डारीले विधेयक प्रमाणीकरण नगरी रोकेकी थिइन् । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।

Image

प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार