२०८३ वैशाख ८ , मंगलबार

बोक्न नसक्ने गरी सुन लगाएर आफूलाई ट्रोल बनाइयो : केपी शर्मा ओली



काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीबारे आफूलाई ट्रोल बनाइएकोमा चित्त दुखाएका छन् । बुधबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जीवनमै आफूले जम्मा पाँच दिन सुन लगाएको तर अहिले थेग्नै नसक्ने गरी सुन लगाएको फोटो ट्रोल गरिएको भन्दै कटाक्ष गरेका हुन् ।

नेपालमा छाडापन र विकृति बढ्दो रहेको उनको भनाई छ । ‘म सानो हुँदा मेरो आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन ।’ उनले भने, ‘जसले औंठी पनि लगाउँदैन् त्यसमा मलाई रुचि नै छैन् । अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् कस्तो नियत होला । कस्तो घटिया कुरा होला ? ’

प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार