
काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा उनीहरूबीच भेटवार्ता भएको हो। सुरूमा प्रधानमन्त्रीस्तरमा छलफल र प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको जनाइएको छ। प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नेछन्।
प्रकाशित मिति : २०८० जेठ १८ गते बिहीबार