काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू राँगो चढेको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘म राँगा चढ्या हो ।’ उनले आफूले बोलेको कुरा संसदबाट हटाए हटाइयोस् भन्दै विवाद राँगा चढेकोमा वा राँगाजस्तै जहाज चढेकोमा भन्ने नभइ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको प्रोटोकल नमिलेको बताए ।
उनले परिवारको सदस्य वार्तामा राख्न नहुने स्पष्ट पारे । ओलीले छोरी लिएर गएर भेटवार्तामा राख्न नपाइने स्पष्ट पारे । वार्तामा परराष्ट्र मन्त्री हुनुपर्नेमा ओलीले जोड दिए ।
प्रकाशित मिति : २०८० जेठ २२ गते सोमबार