२०८३ वैशाख ७ , सोमबार

हर्क साम्पाङले आफ्नो नगरपालिकाको लेटर प्याडबाट हटाए कोशी प्रदेश



धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरान उपमहानगरपालिकाको लेटरप्याडमा कोशी प्रदेशको ठाउँमा प्रदेश १ राखिएको पाइएको छ । विगत केही दिनदेखि बढेको गर्मीका कारण उपहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा दिएको सार्वजनिक सूचनामा कोशी प्रदेशको ठाउँमा प्रदेश नम्बर एक राखिएको हो ।

धरान उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख गणेश प्रसाद खतिवडाद्वारा हस्ताक्षरित लेटरप्याडमा कोशी प्रदेश हटाइएको छ । तर शिक्षा महाशाखाका प्रमुख खतिवडाले पूरानो लेटर प्याड पनि चलाउने भएकाले भुलचुक भएको बताए ।

351236649_219547387548469_6253546467613128650_n1686216549.jpg

प्रकाशित मिति : २०८० जेठ २५ गते बिहीबार