२०८३ जेठ २० , बुधबार

स्वर्गद्वारीबाट फर्किएको गाडी दुर्घटना, आठ जना गम्भीर घाइते



प्युठान । प्युठानमा कार दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन्। सोमबार पौने ४ बजे स्वार्गद्वारी मन्दिरमा दर्शन गरी फर्किएको कार स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिङ्रीमा दुर्घटना भएको हो। लु १ च ६३४५ कार सडकको घुम्तीबाट खसेको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास खड्काका अनुसार आठ जना घाइते छन् । उनीहरूको उपचारको लागि प्युठान अस्पतालमा पठाइएको छ। डिएसपी खड्काले उनीहरूको अवस्था गम्भीर रहेको जानकारी दिए।

प्रकाशित मिति : २०८० जेठ २९ गते सोमबार