२०८३ जेठ १९ , मंगलबार

जहाँ केपी ओली त्यहि पार्टी लाईन : सह संयोजक कडेल



सुर्खेत ९ माघ

नेकपा पार्टी विभाजनको चरणमा रहेकै समयमा सुर्खेतको लेकवेसी नगर पालिकाको दशरथपुरमा प्रदेश निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेलाको आयोजना गरिएको छ।

मंगलबार भएको कार्यक्रममा लेकवेसी नगरपालिका, भेरीगंगा नगरपालिका र चिंगाड गाउँपालिकाका प्रदेश कमिटी, जिल्ला कमिटी र नगर कमिटीमा आवद्व व्यक्तिहरुको उपस्थिति रहेको थियो।

उक्त पार्टीका सह ईन्चार्ज , केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य यमलाल कडेलले केपी ओली जहाँ छन, त्यहि पार्टी लाइन भएको वताए। उनले विकासको वाटोमा हिडिरहेको आफ्नै पार्टीको अध्यक्ष एवम् प्रधानमन्त्रीलाई कामै गर्न नदिइ संसद विघटन गर्न वाध्य पारेको वताए । कडेलले पार्टी विभाजन हुनुमा प्रचण्ड र माधव नेपाल मुख्य दोषी भएको आरोप लगाए।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्यद्वय बालकृष्ण बिसी, चुडामणि शर्मा,जिल्ला कमिटी सदस्यहरु डण्डी शर्मा, खड्ग खत्री, टोपवहादुर खत्री, देव राना, तोयानाथ शर्मा लगायतले संवोधन गरेका थिए।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रबार