२०८३ वैशाख ८ , मंगलबार

सांसद सिंहको प्रश्न – रविको मुद्दा एकैदिनमा फैसला हुने, अरूको वर्षौं लाग्ने ?



काठमाडौँ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सिंहले नागरिकलाई न्यायोचित व्यवहार गर्न सरकार चुकेको बताउँदै छिटोभन्दा छिटो कानुन बनाउन माग गरेका छन्।

उनले नागरिकता नपाएर माइतीघर मण्डलमा धर्नामा बसेका जन्मसिद्धका छोराछोरीमाथि दमन गरेको बताए। अदालतले पनि नागरिकतासम्बन्धी मुद्दालाई चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्नेमा विलम्ब गरिरहेको उनको आरोप थियो। ‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने ?,’ सांसद सिंहले प्रश्न गरे।

प्रकाशित मिति : २०८० असार ६ गते बुधबार