काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरूले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका छन्। मेयर बालेनले काठमाडौं महानगरपालिकामा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि उनीहरूले बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन्।
उच्च अदालत पाटनका प्रवक्ता मन्दिरा शाहीले हल सञ्चालकहरूले मुद्दा दर्ता गरेको बताइन्। शाहीका अनुसार चलचित्र संघको तर्फबाट उनीहरूले मुद्दा दर्ता गराएका हुन् । उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएको छ।
उक्त मुद्दाको पेसी बिहीबारको लागि तोकिएको छ। मेयर बालेनले भारतीय फिल्म आदिपुरुषमा राखिएको ‘सीता भारतकी छोरी’ भन्ने सम्बाद नहटाएसम्म हिन्दी फिल्ममा प्रदर्शनमा रोक लगाएको थियो।
प्रकाशित मिति : २०८० असार ६ गते बुधबार