२०८३ वैशाख ८ , मंगलबार

एमाले चाहेमा एक हप्तामै सरकार ढाल्न सक्छ : एमाले सचेतक बर्तौला



काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दाबी गरेका छन् । बुधवार संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बर्तौलाले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको टिप्पणी गरे ।

यद्यपि, सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने उनको भनाइ छ । बर्तौलाले अहिलेको सरकारको आयु प्रत्येक दिन एक दिनका लागि भएको बताए ।

एमालेले प्रतिपक्ष दलहरूको मोर्चा नबनाउने बर्तौलाको भनाइ छ । एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधबार