२०८३ जेठ १८ , सोमबार

सुर्खेतको भागमा कोरोना विरुद्धको खोप १२ हजार ४ सय



माघ १०, सुर्खेत
भारतवाट १० लाख डोज कोरोना विरुद्धको खोप आएसंगै कर्णाली प्रदेशका १० जिल्लामा ५३ हजार ९ सय ५ जनालाई खोप लगाउने तयारी गरिएको छ । १० लाख डोजमध्ये सरकारले ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ ।

कर्णालीका १० जिल्लामध्ये डोल्पा जिल्लामा १ हजार २ सय ६३, मुगु जिल्लामा १ हजार ९ सय ९, हुम्ला जिल्लामा १ हजार ७ सय ५४, जुम्ला जिल्लामा ३ हजार ७ सय ३५, कालिकोट जिल्लामा ४ हजार ७ सय ५४, दैलेख जिल्लामा ८ हजार ८ सय ८४, जाजरकोट जिल्लामा ५ हजार ९ सय २१, रुकुमपश्चिममा ५ हजार ९२, सल्यानमा ८ हजार १ सय ३६, सुर्खेत जिल्लामा १२ हजार ४ सय ५६ जनालाई खोप लगाईने तयारी गरिएको छ ।

सुर्खेतमा कोरोना खोप भण्डारणका लागि दुई वटा कोल्ड स्टोरमा २८ लाख ७३ हजार ४ सय डोज राख्न सकिने क्षमता रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

कर्णाली प्रदेशमा दिईने कोरोना खोपको संयोजकमा डा.अनुज भट्टचनलाई चयन गरिएको छ। नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले देशका सातै प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रमका लागि भट्टचनलाई संयोजक तोकेको हो ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिबार